Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारगरिमा विकास बैंकको विदेशी मुद्रा विनिमयसम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन

गरिमा विकास बैंकको विदेशी मुद्रा विनिमयसम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन


काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र विदेशी मुद्रा विनिमय संघ नेपालको संयुक्त आयोजनामा विदेशी मुद्रा विनिमयसम्बन्धी एकदिने बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल राष्ट्र बैंकका विशिष्ट प्रतिनिधिहरू तथा विभिन्न विदेशी मुद्रा विनिमयका सञ्चालक तथा कर्मचारीहरू गरी एक सय १० जनाभन्दा बढीको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा नेपालमा विदेशी मुद्रा विनिमय, एन्टी मनी लण्डरिङ (गो एएमएल), सम्पत्ति शुद्धीकरणलगायतका समसामयिक विषयहरूमा बृहत् छलफल तथा प्रशिक्षण सम्पन्न भएको बताइएको छ । सो अवसरमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले कार्यक्रमलाई सम्बोधन गर्दै देशको समग्र बैंकिङ प्रणालीमा विदेशी मुद्रा विनिमयको स्थितिको बारेमा भनाइ राखेका थिए ।

हाल, गरिमा विकास बैंकले लाजिम्पाट, ठमेल, माछापोखरीलगायतका शाखाहरूबाट विदेशी मुद्रा सटहीको सरल व्यवस्था गर्दै आइरहेको बताइएको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया