Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंक ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२२’ बाट सम्मानित

सिद्धार्थ बैंक ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२२’ बाट सम्मानित


काठमाडौं । सिद्धार्थ बैंक ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२२’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले वार्षिकरूपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई ‘एचआरएम–कर्पोरेट एक्सेलेन्स इन फाइनान्सियल इन्टिट्युसन’को विधामा उक्त अवार्डबाट सम्मान जानकारी दिएको छ ।

पुस १४ गते आयोजना गरिएको उक्त अवार्ड सिद्धार्थ बैंकका मानव संशोधन तथा विप्रेषण व्यवसाय एकाइका प्रमुख पंकज पन्तले ग्रहण गरेका हुन् । आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनहरूमा अझ व्यवस्थित ढंगले सेवा प्रदान गर्न यस उपाधिले बैंकलाई प्रेरित गरेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले देशभर एक सय ९३ वटा शाखा (चारवटा एक्स्टेन्सन काउन्टरसहित), दुई सय १५ वटा एटीएम, एक सय १८ शाखारहित बैंकिङ सेवा र एक हजार आठ सयभन्दा बढी पीओएस मेसिनमार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया