स्थानीय तहहरूले बजेटको १० प्रतिशत रकम बीमाका लागि छुट्याऊन्
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले स्थानीय तहहरूले बजेटको १० प्रतिशत रकम बीमाका लागि छुट्याउनुपर्ने बताएका छन् । जनताको हितका लागि पालिकाहरूले सेवासँग आबद्ध गरेर सबैले बीमा गर्नैपर्ने बाध्यात्मक व्यवस्था गर्नुपर्ने उनले सो कुरा बताएका हुन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को कार्यसमितिका नवनिर्वाचित पदाधिकारीहरूको स्वागतमा नेपाल बीमा प्राधिकरणको कुपण्डोलस्थित कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले भने पालिकाहरूले बजेटको १० प्रतिशत रकम बीमाका लागि छुट्याउनु पर्छ । ‘हाल बीमाक्षेत्रमा धेरै परिवर्तन आएका छन् । सरकार, प्रदेश सरकार र स्थानीय सरकारले बीमाका बारेमा बुझ्दै गएका छन् । राष्ट्रिय बीमा नीति कार्यान्वयमा आएपछि सरकारका लागि समेत बीमा बाध्यकारी बन्छ । प्रदेश र पालिकाहरूले पनि बीमासम्बन्धी जनचेतना अभिवृद्धिमा जोड दिनुपर्छ । यसबाट हामी खोजिरहेको गन्तव्यमा पुग्न सक्छौँ’, उनले भने ।
‘सरकारले आफ्नो जिम्मेवारीबाहेकका आर्थिक जोखिम बीमामार्फत बीमा कम्पनीहरूमा हस्तान्तरण गर्नुपर्छ । सबै सरकारी सम्पत्तिको बीमा हुनुपर्छ’, अध्यक्ष सिलवालले भने, ‘प्राधिकरणले बीमा क्षेत्रको लगानी विविधीकरणका लागि निर्देशिकाहरू जारी गरेको छ । यसबाट जलविद्युत्लगायत सरकारबाट स्वीकृतिप्राप्त क्षेत्रमा बीमा कम्पनीहरूले लगानी गर्ने बाटो खुलेको छ । कम्पनीहरूले सहायक कम्पनी बनाएर पनि लगानी गर्नसक्ने व्यवस्था गरिएको छ ।’
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा बीमाको दायरामा आउने जनसंख्या (म्यादी, लघुम्यादी र वैदेशिक रोजगार बीमालेख समेत) बढेर ४४ प्रतिशत पुगेको जानकारी दिए ।
कार्यकारी निर्देशक पौडेलले चालू आर्थिक वर्षको मंसिर मसान्तसम्मा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमाशुल्क सङ्कलन दुई दशमलव ३९ प्रतिशत र निर्जीवन बीमाशुल्क सङ्कलन तीन दशमलव ५८ प्रतिशतले बढी कुल बीमाशुल्क संकलन दुई दशमलव ६४ प्रतिशतले वृद्धि भएको बताए ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का अध्यक्ष मोदनाथ ढकालले आर्थिक पत्रकारहरूको क्षमता अभिवृद्धिका साथै बीमासम्बन्धी अध्ययन अनुसन्धान र जनचेतना अभिवृद्धिका विषयमा प्राधिकरण र नाफिजबीच नियमितरूपमा सहकार्य हुनुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मी र निर्देशक पुजन ढुङ्गेल (अधिकारी) तथा नाफिजको नवनिर्वाचित कार्यसमितिका सबै पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया