महिलाको लागि लक्ष्मी बैंकको छात्रवृत्ति कार्यक्रम
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको प्रतिबद्धतास्वरूप काठमाडौं विश्वविद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ वा गणित (स्टिम) विषयमा स्नातकोत्तर वा विद्यावारिधि अध्ययन गर्न चाहने महिलालाई छात्रवृत्ति प्रदान गर्न काठमाडौं विश्वविद्यालयसँग समझदारी गरेको छ । सोसम्बन्धी समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा काठमाडौं विश्वविद्यालय इन्डेमेन्ट ड्राइभ समितिका संयोजक प्राडा विपिन अधिकारीले हस्ताक्षर गरेका हुन् ।
उक्त छात्रवृत्तिमार्फत लक्ष्मी बैंकले आर्थिकरूपमा विपन्न तथा जेहेन्दार महिला विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहयोग गर्नेछ । छात्रवृत्ति पाउन योग्य विद्यार्थीको छनोटसम्बन्धी प्रक्रिया काठमाडौं विश्वविद्यालयकै मातहतमा हुनेछ भने बैंकले छात्रवृत्तिका लागि आर्थिक सहयोग प्रदान गर्ने तथा त्यसको प्रवद्र्धन गर्नेछ । छात्रवृत्ति कार्यक्रम सञ्चालनका लागि बैंकले एक करोडबराबरको अक्षयकोषको स्थापना गर्नेछ । सो कोषमा प्राप्त हुने ब्याजको ५० प्रतिशत रकम कोषमै थप हुने र बाँकी ५० प्रतिशत रकम विद्यार्थीको अध्ययनसम्बन्धी खर्च व्यहोर्न प्रयोग हुनेछ ।
लक्ष्मी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व रणनीतिअन्तर्गतको प्रमुख प्राथमिकतामा रहेको लैंगिक समानताको उत्थानका लागि यस छात्रवृत्ति कार्यक्रमको माध्यमबाट योगदान पु-याउँदै महिलाहरूले फरक पृष्ठभूमिको बाबजुत उपयोग्य तथा आफ्नो छनोटको पेसा अवलम्बन गर्न आवश्यक सहायता, आत्मविश्वास तथा दक्षता प्राप्त गरी समतामूलक समाज निर्माणमा सहयोग पुग्ने विश्वास लिएको छ । समृद्ध नेपाल निर्माणका लागि आधाभन्दा बढी जनसंख्या ओगट्ने महिलावर्गको सशक्तीकरण अत्यावश्यक रहेको बैंकको धारणा रहेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
तपाईको प्रतिक्रिया