Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु बैंकको वित्तीय साक्षरता

प्रभु बैंकको वित्तीय साक्षरता


काठमाडौं, फागुन २८
प्रभुु बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । प्रभु बैंक लिमिटेड र नेपाल आर्थिक पत्रकार समाज (सेजन)को संयुक्त आयोजनामा संखुवासभा जिल्लाको विकट क्षेत्र चिचिला गाउँपालिकामा चिचिला गाउँपालिका अध्यक्ष पासाङनुर्वु शेर्पाको प्रमुख आतिथ्यतामा एकदिने वित्तीय साक्षरतासम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको हो ।

चिचिला गाउँपालिकाका स्थानीयवासीहरूलाई बैंकिङ कारोबार सम्बन्धमा आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित वित्तीय साक्षरतासम्बन्धी अन्तरक्रिया कार्यक्रममा चिचिला गाउँपालिकाका स्थानीय प्रतिनिधि, समाजसेवी, कृषक, व्यापारी, बुद्धिजीवी, नागरिक समाजलगायतका व्यक्तिहरूको कार्यक्रममा सहभागिता रहेको थियो । एकदिने वित्तीय साक्षरतासम्बन्धी अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले वित्तीय व्यवस्थापन, यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा आफ्ना भनाइहरू राख्दै स–सानो रकम बचत गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गरी आयआर्जनको स्रोत बढाउन सकिने बारेमा बताएका थिए । चिचिला क्षेत्र विकट एवं दुर्गम क्षेत्रका रूपमा परिचित भएको भए पनि नगदे बालीको रूपमा अलैंची खेती र आन्तरिक एवं बाह्य पर्यटनलाई व्यवस्थित गर्नको लागि स्थानीयवासीहरू नै अग्रसर भई लागेमा आर्थिकरूपमा सम्पन हुन सकिने बताए ।

कार्यक्रममा प्रमुख अतिथि चिचिला गाउँपालिकाका अध्यक्ष पासाङनुर्वु शेर्पाले दुर्गम क्षेत्र चिचिलाका जनप्रतिनिधि र स्थानीयको आर्थिक अवस्थाका बारेमा जानकारी गराउँदै पिछडिएको यस क्षेत्रमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेकोमा आयोजक प्रभु बैंक र सेजनलाई विशेष धन्यबाद प्रकट गरे । कार्यक्रममा सेजनका अध्यक्ष भीम गौतम, वरिष्ठ पत्रकार दिपेन्द्र बान्तवा एवं प्रभु बैंक लिमिटेड खाँदबारी शाखा कार्यलयका शाखा प्रमुख सुमन बस्नेतलगायतले वित्तीय व्यवस्थापनबारे आ–आफ्ना भनाइहरू राखेका थिए । प्रभु बैंक र सेजनको संयुक्त आयोजनामा सम्पन्न वित्तीय साक्षरतासम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमबाट सहभागी सबैले वित्तीय व्यवस्थापन र यसको सदुपयोग गरी आयअर्जन गर्ने सम्बन्धमा आधारभूत ज्ञान प्राप्त गर्नेमा बैंकले विश्वास लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया