सनराइज बैंंकको ‘वित्तीय साक्षरता कार्यक्रम’
काठमाडौं । सनराइज बैंकले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले जुम्लामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको छ ।
बैंकका अनुसार उद्योग वाणिज्य भवन जुम्लामा पुस १४ गते आयोजित एक कार्यक्रमका बीच बैंकका कार्ड तथा ई–बैंकिङका प्रमुख मनोज घिमिरे, ब्रान्ड व्यवस्थापन तथा सीएसआर प्रमुख सुमन थापा र जुम्ला शाखा प्रमुख खडक प्रसाद देवकोटाको उपस्थितिमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो । उक्त वित्तीय साक्षरता कार्यक्रममा एक सय २० विद्यार्थी र स्थानीयको सहभागिता रहेको बैंकले जानकारी दिएको छ ।
अहिलेको समयमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भइरहेको अवस्थामा डिजिटल कारोबारलाई थप प्रवर्द्धन र प्रोत्साहन गर्न बैंकले डिजिटल साक्षरता कार्यक्रमको सुरूवात जुम्लाबाट गरेको जानकारी दिएको छ । डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ, मिस्डकल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुक्तानीलगायतका अत्याधुनिक बैंकिङ उपकरणहरूको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहान गर्ने तथा सुरक्षित बैंकिङ कसरी गर्ने भन्ने बारेमा जानकारी दिइएको थियो ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया