ग्लोबल आईएमई बैंक १६औँ वर्षमा प्रवेश
१५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ५९ कर्मचारीहरूलाई सम्मान
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १६औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकमा १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ५९ कर्मचारीहरूलाई सम्मान गरिएको बैंकले जानकारी दिएको छ । सोमबार बैंकमा आयोजित एक कार्यक्रमका बीच बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीहरूलाई सम्मान गरेका हुन् । अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंकले ‘उत्कृष्ट बैंकिङ सबैका लागि’ भन्ने नाराका साथ आफ्नो स्थापनाको १६ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरूमा अब्बल बनाउन सफल रहेको बताए ।
उनले उत्कृष्ट बैंक बनाउन आफ्नो तर्फबाट गरेको विशेष योगदानका लागि सबै कर्मचारीहरूलाई धन्यवाद प्रकट गर्दै अझ उत्कृष्ट र ग्राहकमैत्री सेवा उपलब्ध गराउन आग्रह समेत गरे । यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंकले आफ्नो सेवालाई ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी आफ्नोे लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए ।
ग्लोबल आईएमई बैंक मुलुकका ७७ वटैै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले दुई सय ९२ वटा शाखा, दुई सय ७१ वटा एटीएम, दुई सय ८३ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी नौ सयभन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आएको छ ।
त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आएको छ । ग्लोबल बैंक २०६३ साल पुस १८ गते क्षेत्रीयस्तरको वाणिज्य बैंकको रूपमा स्थापना भएको थियो ।
ग्लोबल आईएमई बैंकको ‘बृहत् रक्तदान कार्यक्रम’
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरूपमा बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंक पुस १८ गते सोमबारदेखि स्थापनाको १६ वर्ष पूरा गरी १७औँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा बैंकले सोमबार नै देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
यस कार्यक्रमअन्तर्गत, प्रदेश १ को बिर्तामोड शाखा, झापा, मधेश प्रदेशको मिर्चैया शाखा, सिरहा, बाग्मती प्रदेशको कान्तिपथ शाखा, काठमाडौं, बाग्मती प्रदेशको भरतपुर शाखा, चितवन, गण्डकी प्रदेशको न्यूरोड शाखा, पोखरा, कास्की, लुम्बिनी प्रदेशको घोराही शाखा, दाङ, कर्णाली प्रदेशको सुर्खेत शाखा, वीरेन्द्रचोक र सुदूरपश्चिम प्रदेशको चौराहा, धनगढी शाखा, कैलालीमा रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिएको छ ।
देशभर आयोेजित कार्यक्रममा पाँच सय १२ रक्तदाताहरूबाट दुई सय ४२ लिटर रगत दान गरिएको बैंकले जानकारी दिएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजपयोगी कार्यहरूमार्फत आम जनमानसलाई प्रत्यक्षरूपमा लाभान्वित गर्दै आएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया