Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसाधना लघुवित्तको छैटौँ वार्षिक साधारणसभा

साधना लघुवित्तको छैटौँ वार्षिक साधारणसभा


काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले छैटौँ वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही पुस ३० गते गोरखास्थित होटल गोरखा बिसौनीमा वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी ३२ करोड १२ लाख २५ हजार पाँच सय रूपैयाँमध्येबाट १९ प्रतिशतको अनुपातमा छ करोड १० लाख ३२ हजार आठ सय ४३ रूपैयाँबराबरको बोनस सेयर र एक प्रतिशत अर्थात् ३२ लाख १२ हजार दुई सय ५५ रूपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया