Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारप्रुडेन्सीयल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

प्रुडेन्सीयल इन्स्योरेन्सद्वारा लाभांश घोषणा


काठमाडौं  । प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीले लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट छ दशमलव पाँच प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

हाल चुक्ता पुँजी एक अर्ब १८ करोड ६१ लाख रूपैयाँ रहेकोमा बोनस सेयर वितरणपश्चात् भने कम्पनीको चुक्ता पुँजी सात करोड ७० लाख रूपैयाँले थप हुनेछ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिले गरेको प्रस्ताव नेपाल बीमा प्राधिकरणको स्वीकृति एवं कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया