Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको सात प्रतिशत लाभांश

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको सात प्रतिशत लाभांश


काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले झण्डै सात प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई छ दशमलव ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

यसअघि फाइनान्सले हाल कायम चुक्ता पुँजीको सात प्रतिशत बोनस र सोको कर प्रयोजनार्थ शून्य दशमलव ३७ प्रतशित नगद लाभांश वितरण गर्ने घोषणा गरेकोमा पुस ११ गते बसेको सञ्चालक समितिको बैठकले राष्ट्र बैंकको निर्देशनअनुुसार घोषित लाभांशमा संशोधन गरेको हो । संशोधित लाभांश फाइनान्सको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया