भैरवनाथ मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्यूआर कोड
काठमाडौं । डिजिटल सेवा र भुक्तानीलाई बढावा तथा प्रवर्द्धन दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले पाल्पास्थित भैरवनाथ मन्दिर व्यवस्थापन समितिमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । उक्त भैरवनाथ मन्दिर पाल्पा तानसेनको एक प्रसिद्ध धार्मिक पर्यटकीय स्थल हो । उक्त मन्दिरमा वर्षेनी थुप्रै भक्तजनहरू आउने गरेका छन् भने विशेषगरी मंगलबार र शनिबार दर्शनार्थीहरूको भिडभाड हुने गर्दछ
डिजिटल बैंकिङमा आक्रामक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंक लि.ले पाल्पाको पवित्र तीर्थस्थल भैरवनाथ मन्दिरमा शनिबार भएको एक औपचारिक कार्यक्रममा क्यूआर कोड हस्तान्तरण गरेको थियो । उक्त क्यूआर कोड रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की र माछापुच्छ्रे बैंक लि.का लुम्बिनी प्रदेश नं ५ क्लस्टर एका प्रमुख नारायण केसीमार्फत भैरवनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद पोखरेललाई संयुक्तरूपमा हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, व्यापारी, सर्वसाधारण एवं बैंकका कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
यो सेवा सञ्चालनमा आएपछि मन्दिरमा आउने दशनार्थीहरूले क्यूआर कोडबाटै भेटी चढाउन सक्नेछन् । दशनार्थीहरूले क्यूआर कोड सेवा निःशुल्क प्रयोग गर्न सक्नेछन् । नगदको विकल्पका रूपमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्यूआर कोडको प्रयोग आम मानिसमा बढ्दै गइरहेको छ । डिजिटल सेवालाई सुरक्षित र भरपर्दाे बनाउन ओटीपी पासवर्डलगायत अन्य बैंकिङ विवरण कसैसँग पनि सेयर नगर्न समेत बैंकले अपिल गरेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया