आशा लघुवित्तको निःशुल्क सीपमूलक तालिम
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले २०७९ मंसिर ७ गतेदेखि पुस २० गतेसम्म संस्थाको मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशअन्तर्गतको २१ वटा शाखा कार्यालयहरूमार्फत २ दिने सीपमूलक तालिम सञ्चालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालयहरूमा आबद्ध सदस्यहरूमध्ये एक हजार ८५ जना महिला सदस्यहरूलाई निःशुल्करूपमा लुगाधुने सर्फ, झोल साबुन, अचार, स्याम्पु, ह्यान्डवास, टिका विन्दी, चुरा गहना, कुसन तथा भाडा माझ्ने साबुन बनाउने तालिम प्रदान गरेको होे ।
वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएको उक्त तालिमबाट सहभागीहरूले कम लागतमा विभिन्न सामानहरू उत्पादन गर्ने तरिका, बजारीकरणलगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालसम्म यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरूमार्फत झण्डै तीन हजार सात सय ८५ जना विपन्न महिलाहरूलाई यसप्रकारका निःशुल्क सीपमूलक तालिमहरू प्रदान गरिसकेको जानकारी दिएको छ ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरू सम्पूर्ण शाखा कार्यालयहरूबाट सञ्चालन गरी सदस्यहरूको सीप अभिवृद्धि गरी आत्मनिर्भरतातर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे । साथै यस कार्यक्रमपश्चात् सदस्यहरूको लघुव्यवसायमा वृद्धि भई उक्त क्षेत्रका विपन्न महिलाहरूको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्थाका रूपमा स्वीकृतिप्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘विपन्न समुदायका निम्ति आशा’ भन्ने मूल नाराका साथ ककनी– ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार सुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरूका ५५ शाखा कार्यालयहरूमार्फत करिब ७५ हजार भन्दा बढी सदस्यहरूलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करिब पाँच अर्ब कर्जा लगानीमा रहेको तथा सदस्यहरूबाट एक अर्ब ८३ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया