एनएमबी बैंक र एलोई प्रालिबीच सम्झौता
काठमाडौं । एनएमबी बैंक र एलोई प्रालिबीच डिजिटल फाइनान्सिङको लागि रणनीतिक सम्झौता भएको छ । नेपालमा विद्युतीय सवारी क्षेत्रमा काम गरिरहेका उद्यमीहरूलाई ‘एलोई डिजिटल लोन ट्र्याकिङ सिस्टम’मार्फत फाइनान्स सेवा पु¥याउने सम्बन्धमा दुई संस्थाहरूबीच सम्झौता भएको हो ।
सम्झौतामा एनएमबी बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी र एलोइको तर्फबाट सहसञ्चालक सोनिका मानन्धरले हस्ताक्षर गरेका हुन् । योसँगै कम्पनीहरूले भविष्यमा कृषि एवं हरित ऊर्जामा वित्तीय लगानी गर्नेछन् । एलोई प्रालिले विगत लामो समयदेखि उद्यमीहरूलाई फाइनान्सिङमा मद्दत गरिरहेको छ । एनएमबी बैंकले भने २६ वर्षदेखि नेपालमा बैंकिङ क्षेत्रको विभिन्न क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आइरहेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
तपाईको प्रतिक्रिया