नवमैत्री बचत तथा ऋण सहकारीको नाफा ५५ प्रतिशत
काठमाडौं । नवमैत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका वडा न ९ बत्तीसपुतलीमा रहेको संस्थाको शनिबार होटल तपसमा साधारणसभा सम्पन्न भएको हो ।
सभामा संस्थाका अध्यक्ष किरण बर्तौलाले विश्व अर्थतन्त्र नै नकारात्मक अवस्थामा रहेको अवस्थामा समेत संस्थाले सन्तोषजनकरूपमा व्यावसायिक सफलता हाँसिल गर्न सफल भएको बताए । देशभरि देखिएको आर्थिक सङ्कटले संस्थाको बचत तथा ऋण कारोबारमा केही प्रभाव देखिए पनि संस्थाको सञ्चालक समिति, लेखा समिति, अन्य उपसमितिहरू र व्यवस्थापनको तदारुकताका कारण संस्थाको बचत कर्जा र सम्पूर्ण कारोबारमा वृद्धि भई गतवर्षभन्दा ५५ प्रतिशत नाफा बढाउन सफल भएको उनको भनाइ थियो ।
यसबाहेक गत आवको तुलनामा कारोबार रकम दुई करोड ५० लाख रुपैयाँले बढेको एवं तरलता ३० प्रतिशत कायम रहेको जानकारी पनि अध्यक्ष बर्तौलाले दिए । यसवर्ष संस्थाले असुलीमा विशेष पहल गरी खराब कर्जा घटाउनुको साथै पूर्ण धितो कर्जाको नीति अवलम्बन गरी थप सुरक्षित बाटोतर्फ अग्रसर भई अघि बढेको उनको भनाइ थियो ।
सभाका संस्थाका कोषाध्यक्ष सुलभ श्रेष्ठले संस्थाको आर्थिक वर्ष २०७८/०७९ को कारोबार विवरण र आर्थिक वर्ष २०७९/०८० को अनुमानित कारोबार विवरण प्रस्तुत गरे । कोषाध्यक्ष श्रेष्ठका अनुसार २०७८/०७९ को अन्त्यसम्ममा संस्थाको सेयर पुंँजी दुई अर्ब २० करोड ७३ लाख छ सय रुपैयाँ पुगेको छ । जगेडा कोषमा एक करोड एक लाख १५ हजार नौ सय छ रुपैयाँ ३९ पैसा र अन्य कोषमा ८८ लाख २४ हजार सात सय ६६ रुपैयाँ ५५ पैसा रहेको छ ।
हाल संस्थाको विभिन्न कोषमा जम्मा भएको कारोबार रकमको आधारमा हेर्ने हो भने संस्थाको विविध कोषहरू मजबुद रहेको श्रेष्ठले बताए । यसैगरी संस्थाको निक्षेपतर्फ सात करोड २६ लाख आठ हजार सात सय ३२ रुपैयाँ ७१ पैसा र कर्जा लगानीतर्फ १२ करोड ९९ लाख ६३ हजार एक सय पाँच रुपैयाँ १८ पैसा रहेको छ । निक्षेप र लगानीमा अन्तर देखिए पनि सहकारीहरूको छाता संगठन (नेफुस्कुन)बाट कर्जा उपयोग भएको र संस्थाको कोषहरूमा पर्याप्त रकम भएकाले समग्रमा संस्थाको कारोबार सन्तुलित रहेको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
संस्थाको आम्दानीतर्फ पनि जम्मा ब्याज आम्दानी एक करोड ९२ लाख २८ हजार तीन सय २६ रुपैयाँ ८९ पैसा रहेको छ भने संंस्थाको ब्याज खर्च ७९ लाख पाँच हजार एक सय ४२ रुपैयाँ ७६ पैसा रहेको छ । सोही आधारमा सम्पूर्ण हरहिसाबपश्चात् संस्थाको खुद आम्दानी ४८ लाख ३५ हजार नौ सय २२ रुपैयाँ ३४ पैसा पुगेको जानकारी पनि कोषाध्यक्ष श्रेष्ठले दिए । यस्तै आर्थिक वर्ष २०७९/०८० को अनुमानित कारोबार विवरण प्रस्तुत गर्दै श्रेष्ठले उक्त वर्ष बचत सङ्कलन बढ्ने, सुरक्षित कर्जा लगानी र असुली हुनेमा संस्था विश्वस्त रहेको बताए ।
आव २०७९/०८० मा निक्षेपतर्फ ११ करोड र लगानीतर्फ १५ करोड पुग्ने लक्ष्य लिएको भन्दै उनले उक्त आर्थिक वर्षमा जम्मा कारोबार १७ करोड रुपैयाँ पु-याउने लक्ष्य लिएको जानकारी दिए ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
- भारतको आर्थिक वृद्धि छ प्रतिशत बढी हुने प्रक्षेपण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया