ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूले पुस २५ गतेबाट एकीकृत कारोबार गर्ने
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाडूबीच मर्जरपश्चात आगामी पुस २५ गतेदेखि ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुने भएको छ । यसअघि दुवै बैंकका साधारणसभाबाट ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड मर्जर गर्ने विशेष प्रस्ताव पारित भएको थियो भने नेपाल राष्ट्र बैंकबाट समेत अन्तिम स्वीकृति प्राप्त भइसकेको छ ।
बैकको मर्जरपश्चात् एकीकृत वित्तीय कारोबार सुरु गर्न डाटा माइग्रेसनका लागि आगामी शनिबार र आइतबार २ दिनग्लोबल आईएमई बैक लिमिटेडको सम्पूर्ण बैंकिङ सेवाहरू बन्द रहनेछ । तर सो अवधिमा बैंकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट तथाक्रेडिट कार्ड, एटीएम तथा एजेन्टमार्फत हुने रेमिटयान्स सेवा भने यथावत सञ्चालनमा रहनेछ । यसबाट आफ्ना ग्राहकहरूमा पर्न जाने असुविधाप्रति बैंक क्षमाप्रार्थी छ । मर्जरपश्चात् बैंकको कुल पुँजी ५७ अर्ब, चुुक्ता पुँजी ३५ अर्ब ७७ करोड, कुल निक्षेप चार खर्ब आठ अर्ब, कुल कर्जा तीन खर्ब ७६ अर्बभन्दा बढी पुग्नेछ ।
मर्जरपछि बन्ने नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ । नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आईएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँच जना र बैंक अफ काठमाण्डूको तर्फबाट दुई जना रहने छन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् । २१ वटा बैंक तथा वित्तीय संस्थाहरू गाभिएर बन्ने ग्लोबल आईएमई बैंक लिमिटेडमा पाँचवटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा छवटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।
दुई बैंकहरूको मर्जरपश्चात् कुल तीन सय ६५ वटा शाखा कार्यालय, तीन सय ६७ एटीएम, दुई सय ८६ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरू, तीनवटा विदेशस्थित सम्पर्क कार्यालयहरू, ४० लाखभन्दा बढि ग्राहकहरू सहित अन्य धेरै वित्तीय परिसूचकहरूमा ग्लोबल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुनेछ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया