काठमाडौं । ‘उत्पादन, रोजगारी र आयात प्रतिस्थापन लगानीका आधार, दिगो बैंकिङ–उन्नत अर्थतन्त्र, समृद्ध नेपालको पूर्वाधार’ भन्ने मूल नाराका साथ बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन)को तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सीबीफिनले यही पुस २४ गते आइतबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको सर्वसम्मत चयन गरेको छ । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत तथा वरिष्ठ अधिवक्ता ईश्वरी प्रसाद भट्टराईले सर्वसम्मत चयन भएको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको घोषणा गरेका छन् । सोअनुसार नवनिर्वाचित कार्यसमितिमा पवनकुमार गोल्यान (वाणिज्य बैंक) अध्यक्ष, भोजबहादुर शाह (वाणिज्य बैंक) वरिष्ठ उपाध्यक्ष, राजेश उपाध्याय (विकास बैंक) उपाध्यक्ष, राजनसिंह भण्डारी (वाणिज्य बैंक) महासचिव, तुल्सीराम अग्रवाल (वाणिज्य बैंक) कोषाध्यक्ष, कुश प्रसाद मल्ली (फाइनान्स कम्पनी) सचिव, प्रचण्ड बहादुर श्रेष्ठ (वाणिज्य बैंक) सहकोषाध्यक्ष, उपेन्द्र केशरी न्यौपाने (वाणिज्य बैंक) सदस्य, उपेन्द्र प्रसाद पौडेल (वाणिज्य बैंक) सदस्य, लिला प्रकाश सिटौला (वाणिज्य बैंक) सदस्य, मोतिलाल दुगर (वाणिज्य बैंक) सदस्य, राधेस पन्त (वाणिज्य बैंक), सदस्य, महेन्द्र कुमार गोयल (विकास बैंक) सदस्य, भरतराज ढकाल (विकास बैंक) सदस्य र हिरेन्द्र मान प्रधान (फाइनान्स कम्पनी) सदस्य रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिका अध्यक्ष पवनकुमार गोल्यानले सीबीफिनले स्थापनाको छोटो अवधिमै प्राप्त गरेको विरासतलाई थप उचाइमा पु¥याउँदै मूलतः बैंकिङ क्षेत्रको साझा संस्थाको रुपमा विस्तार गर्ने र बैंकिङ क्षेत्रको सुधार, विकास एवं विस्तारमा केन्द्रित गर्दै समग्र राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण टेवा पु-याउने अभिन्न सहयोगी संस्थाको रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । साथै, नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायतका नियामक निकायहरु र सरोकारावाला संस्थाहरुसँग निरन्तर सहकार्य गर्दै तीव्र आर्थिक गतिविधिमार्फत राष्ट्रको अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउने दिशामा केन्द्रित हुने बताए । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया