नेपाल लाइफको ‘एमडीआरटी’ अचिभर्स अवार्ड, २०२३ समारोह
काठमाडौं । नेपालको सर्वाधिक विस्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंको हायत प्लेसमा ‘एमडीआरटी’ अचिभर्स अवार्ड, २०२३ समारोह भव्यतापूर्वक सम्पन्न गरेको छ । वर्ष सकिएको सात दिनभित्रै सन् २०२२ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म ३७ लाख ९२ हजार तीन सय प्रथम बीमाशुल्क सङ्कलन गरी ‘एमडीआरटी’का लागि योग्य भएका दुई सय ४३ जना अभिकर्तालाई सम्मानित गरिएको छ ।
कार्यक्रमको शुभारम्भ पानसमा दीप प्रज्वलन गर्दै नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले गरेका हुन् । उक्त कार्यक्रममा विशेष कारणवश देशबाहिर रहेका यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भर्चुअली उपस्थित भई सबैलाई स्वागत गरेका थिए । आफ्नो भिडियो सन्देशमा प्रमुख कार्यकारी अधिकृत पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरू रहेको र उनीहरूकै अथक मिहिनेत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफू विश्वस्त रहेको कुरा बताए । अभिकर्ताहरूको चौतर्फी विकासका निम्ति कम्पनी निकै नै संवेदनशील रहेको कुरा समेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए ।
उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य व्यक्त गर्दै नायब महाप्रबन्धक उमापति पोखे्रलले कम्पनीको आगामी रणनीतिको बारेमा प्रकाश पार्नुका साथै सम्मानित हुनेलाई बधाई तथा शुभकामना प्रदान गरेका थिए । नेपालका आठ हजार मिटरभन्दा अग्ला सबै शिखर आरोहण गर्ने पहिलो महिला बनेर कीर्तिमान कायम गरेकी पूर्णिमा श्रेष्ठ कार्यक्रममा विशेष अतिथिको रूपमा उपस्थित भई आफ्नो जीवनको सफलता असफलता, चुनौती र अवसरहरूको सम्बन्धमा प्रकाश पारेका थिए । कार्यक्रममा बोल्दै श्रेष्ठले मान्छेले प्रगति गर्नका निम्ति आफूसँगै प्रतिस्पर्धा गर्नुपर्ने र आफ्नो सीप विकासमा सदैव दत्तचित्त भएर लाग्नुपर्ने कुरा बताए ।
कार्यक्रमको समापन गर्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालल कार्यक्रममा सम्मानित हुने अभिकर्ताहरूलाई बधाई तथा शुभकामना प्रदान गरेका थिए । यस कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कयालले आगामी दिनमा समेत कम्पनी व्यवस्थापन अभिकर्ताहरूको सहजकर्ताको रूपमा प्रस्तुत हुने बताउँदै आगामी वर्ष अझ बढी संख्यामा अभिकर्ताहरूलाई सम्मानित गर्न कम्पनी लालायित रहेको बताए ।
२०७९ असोज मसान्तसम्ममा यस कम्पनीको लगानी एक खर्ब ४९ अर्ब ७६ करोड रूपैयाँ रहेको छ भने जीवन बीमाकोष एक खर्ब ४२ अर्ब नौ करोड रूपैयाँ र सेयरधनी कोष ११ अर्ब तीन करोडभन्दा बढी रहेको छ । कम्पनीमा दुई लाख १२ हजार तीन सय ६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब एक सय ९७ कार्यालय सञ्जालहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म एक खर्ब ९७ अर्ब १८ करोड रूपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजनाअन्तर्गत ३१ लाख १५ हजार चार सय २० बीमालेख जारी गरिएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरू समेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
तपाईको प्रतिक्रिया