Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसुपर हेवा पावर कम्पनीको साधारण सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

सुपर हेवा पावर कम्पनीको साधारण सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल


काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले सुपर हेवा पावर कम्पनी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने एक सय रूपैयाँ अंकित दरका ११ करोड ५४ लाख ३६ हजार रूपैयाँ मूल्यबराबरका ११ लाख ५४ हजार तीन सय ६० कित्ता साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्नेसम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सुपर हेवा पावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङले हस्ताक्षर गरेका छन् ।

सुपर हेवा पावर कम्पनीको संखुवासभा जिल्लाको चैनपुर नगरपालिकामा छ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया