Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारएनएमबी बैंकको २७औँ वार्षिक साधारणसभा

एनएमबी बैंकको २७औँ वार्षिक साधारणसभा


काठमाडौं । एनएमबी बैंकको वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले सोमबार सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्यानको सभापतित्वमा काठमाडौंमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र सेयरधनीहरूको उपस्थितिमा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा साधारणसभा सम्पन्न गरेको बैंकले जनाएको छ । सभाले आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको आठ दशमलव २५ प्रतिशत (करसहित) नगद लाभांश पारित गरेको छ । बैंकले हाल सबै क्षेत्रमा गरी दुई सय एकवटा शखा, एक सय ३८ वटा एटीएम र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया