सीबीआईएल क्यापिटलको अध्यक्षमा काफ्ले
काठमाडौं । सीबीआईएल क्यापिटल लिमिटेडको अध्यक्ष पदमा पारस कुमार काफ्ले नियुक्त भएका छन् । सञ्चालकहरूको पदावधि समाप्त भई, संस्थाको विशेष साधारणसभाबाट नियुक्त भएका सञ्चालकहरूमध्येबाट मुख्य कम्पनी सिटिजन्स बैंक इन्टरनेसनलको तर्फबाट मनोनित भई संस्थाको सञ्चालक सदस्य रहेका काफ्लेलाई यही पुस २४ गते बसेको एक सय पाँचौँ सञ्चालक समितिको बैठकले संस्थाको अध्यक्षमा नियुक्ति गरेको हो । उक्त बैठकमा सिटिजन्स बैंक इन्टरनेसनलतर्फबाट अन्य सञ्चालकहरू राजेन्द्र लाल श्रेष्ठ, प्रमेश राज कायस्थ, कर्मचारी सञ्चय कोषका तर्फबाट सुवाष खड्काका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ तथा कम्पनी सचिव रमेश लुइँटेलको उपस्थिति रहेको थियो ।
नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोषको प्रवद्र्धन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन (पोटफोलियो म्यानेजमेन्ट), धितोपत्र प्रत्याभूतिकर्ता (अण्डर राइटर), सेयर रजिष्ट्रार तथा डि–म्याट खाताजस्ता लगानीकर्ताहरूसँग प्रत्यक्ष सरोकारका कामहरू गर्न अनुमति प्राप्त भएको सीबीआईएल क्यापिटल लि. सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा श्री कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यापारीहरूको सह–लगानी रहेको छ । काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ ।
काठमाडौंबाहिरका लगानीकर्ताहरूले पुँजीबजारमा प्रत्यक्षरूपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर)को सेवा सिटिजन्स बैंकका देशभरिका सम्पूर्ण शाखा कार्यालयहरूबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरूलाई संस्थाको विज्ञ तथा अनुभवि व्यवस्थापन समूहबाट सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया