महालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई हिम इलेक्ट्रोनिक्समा छुट
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले इलेक्ट्रोनिक्स क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ नक्साल, काठमाडौंमा अवस्थित हिम इलेक्ट्रोनिक्स प्रालिसँग सम्झौता गरेको छ । सम्झौतापश्चात् महालक्ष्मी विकास बैंकका ग्राहकहरूले सामसङ डिजिटल प्लाजाका दरबारमार्ग, बानेश्वर, बौद्ध (चुचेपाटी), भक्तपुर, पुल्चोक र खुसिबु शाखाहरूमार्फत विभिन्न विद्युतीय सामाग्रीहरूको खरिदमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरूले सामसङ प्लाजाबाट कन्जुमर इलोक्ट्रोनिक्सहरूको खरिदमा १५ प्रतिशत र मोबाइल फोनको खरिदमा पाँच प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्लाजा प्रबन्धक निकिता शर्माले र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरेका हुन ।
यस किसिमको सहकार्यबाट विद्युतीय सामग्रीहरूको प्रयोगमा ग्राहकहरूको पहुँच बढ्नुका साथै सहज र सुलभ सेवाबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- महिन्द्राको ‘ट्रियो र यारी’मा नगद छुट र एक्सचेन्ज अफर
- ‘लो बिडिङ’मा परियोजना दिने परिपाटीमा सुधार ल्याउनुपर्ने
- माछापुच्छ्रे बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट
- मिथिला लघुवित्तको नाफा दुई करोड १७ लाख
- एमएच–१७ क्षेप्यास्त्र आपूर्तिमा पुटिनले स्वीकृति दिएको हुनसक्ने अनुसन्धानकर्ताको भनाइ
- समृद्धिको आधार साक्षरताको विकास र विस्तार
- पर्यावरण संरक्षणमा सिमसारको महत्व
- एकीकृत कार्ययोजना कार्यान्वयनको अपेक्षा
धेरैले पढेको
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जाडोभर बिजुली आपूर्तिमा समस्या
तपाईको प्रतिक्रिया