सिभिल बैंकको १२औँ वार्षिक साधारणसभा
हिमालयन बैंकसँग प्राप्ति प्रक्रियामा जाने प्रस्ताव पारित
काठमाडौं । सिभिल बैंक लिमिटेडको १२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले बिहीबार कालिकास्थानस्थित अमृतभोग बैंक्वेटमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । उक्त साधारणसभाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्ता पुँजीको पाँच प्रतिशतबराबरको बोनस सेयर तथा कर प्रयोजनको लागि प्रतिसेयर शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्न सर्वसम्मतिले स्वीकृत प्रदान गरेको छ ।
साथै सभाले आव २०७९/८० को लेखापरीक्षण गर्नको लागि ‘एसराइ एन्ड एसोसियट्स’लाई लेखापरीक्षकमा नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेडलाई हिमालयन बैंक लिमिटेडले प्राप्ति (एक्विजिसन) गर्ने सन्दर्भमा सो बैंकको १०० कित्ता सेयरबराबर हिमालयन बैंक लिमिटेडको ८० दशमलव २८ कित्ता सेयर प्राप्त हुनेगरी सेयर आदान प्रदान अनुपात (१००ः८०.२८) कायम गरी प्राप्ति (एक्विजिसन) कार्यलाई अन्तिम स्वीकृति प्रदान गरेको छ । साथै सिभिल बैंक लिमिटेडलाई हिमालयन बैंक लिमिटेडले प्राप्ति –एक्विजिसन) गर्ने सम्बन्धमा भएको सम्पत्ति तथा दायित्वको मूल्यांकनकर्ताको नियुक्ति र निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन (ड्यू डेलिजेन्स अडिट रिपोर्ट), समझदारीपत्र, तथा अन्तिम सम्झौतापत्रलगायतका सम्पूर्ण कामकारबाहीहरूलाई अनुमोदन गरिएको छ ।
यसै प्रसङ्गमा सिभिल बैंकको प्राप्ति गर्ने प्रक्रियामा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्डलगायतका नियमनकारी निकायहरूबाट स्वीकृति लिने/अभिलेख गर्ने क्रममा भए गरेका कामकारबाही वा पुँजी संरचना वा प्रबन्धपत्र नियमावलीको संशोधनको सम्बन्धमा नियमनकारी निकायहरूबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा प्राप्त निर्देशनबमोजिम मिलाई संशोधन वा परिमार्जन समेतका सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिएको बैंकले जानकारी दिएको छ ।
उक्त साधारणसभाका सबै प्रस्तावहरू पारित गरेको सभामा उपस्थित सबैलाई बैंकका अध्यक्ष प्रताप जङ पाण्डेले धन्यवाद दिए । साथै सिभिल बैंकको मर्जर कमिटीलाई विशेष आभार प्रकट गर्दै नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपश्चात् दुवै बैंकको एकीकृत कारोबार २०७९ माघभित्र गरिने योजना रहेको कुरा बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले बताए । करिब आठ लाखभन्दा बढी ग्राहकहरूलाई एक सय १५ शाखाहरू, १३ एक्सटेन्सन काउन्टरहरू तथा एक सय दुईवटा एटीएममार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले हालसम्म ९६ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ८६ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेको जनाएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
तपाईको प्रतिक्रिया