काठमाडौं । हिमालयन बैंकले विभिन्न शाखाहरूमा ‘क्यास रिसाइकलर मेसिन’ (सीआरएम) सञ्चालनमा ल्याएको छ । ग्राहकहरूको सहजता र सुविधालाई मध्यनजर गर्दै सातवटा शाखामा उक्त मेसिन सञ्चालनमा ल्याएको जानकारी बैंकले दिएको छ ।
बैंकले हाल केन्द्रीय कार्यालय कमलादी, ठमेल शाखा, महाराजगञ्ज शाखा, न्यूरोड शाखा, पाटन शाखा, भरतपुर शाखा र भैरहवा शाखामा स्थानान्तरण गरी सेवा प्रदान गर्दैछ भने यसको संख्या बढ्ने क्रम जारी रहेको बैंकको भनाइ छ ।
यो मेसिनबाट सेवाग्राहीहरूले कुनै पनि समयमा कुनै झन्झटविना नै खातामा रकम जम्मा तथा झिक्न सकिने बैंकले बताएको छ । सो मेसिनबाट रकम जम्मा गर्दा विनाएटीएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिन्छ ।
मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्नेछन् । बैंकको यो सुविधाले बैंकका ग्राहकहरूलाई बैंकिङ कारोबारको समय अघि–पछि पनि थप सुविधा मिल्ने बैंकको विश्वास छ ।
हाल बैंकले नेपालभरि फैलिएको कुल ७४ शाखा, छवटा विस्तारित काउन्टर, एक सय ६० एटीएम र छ हजारभन्दा बढी पीओएस टर्मिनलबाट सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- मोरङमा अवैध जुवा सञ्चालन, प्रहरी मुकदर्शक
तपाईको प्रतिक्रिया