सिद्धार्थ बैंकको २१औँ वार्षिक साधारणसभा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको २१औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले बिहीबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको सभाले लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । सभाले बैंकको हाल कायम रहेको चुक्ता पुँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार आठ सय ३१ रूपैयाँमध्येबाट १२ दशमलव ५० प्रतिशतले हुने एक अर्ब ५६ करोड ५५ लाख ५३ हजार तीन सय ५४ रूपैयाँ बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यसैगरी कर प्रयोजनको लागि शून्य दशमलव ६६ प्रतिशतले हुनआउने आठ करोड २३ लाख ९७ हजार पाँच सय ४५ रूपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
तपाईको प्रतिक्रिया