प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको १५औँ वार्षिक साधारणसभा
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आइतबार सेयरधनीहरूको उल्लेख्य उपस्थितिमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाबाट कम्पनीले आर्थिक वर्ष २०७८–०७९ को वित्तीय विवरणहरू पारित गरी सो आर्थिक वर्षसम्मको मुनाफाबाट हाल कायम चुक्ता पुँजी दुई अर्ब ७७ करोड ९६ लाख १५ हजार पाँच सय ७७ रूपैयाँमध्येबाट १३ प्रतिशतको दरमा बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि एक करोड ९० लाख १८ हजार चार सय २२ रूपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यसैगरी सभाले संस्थापक एवं सर्वसाधारण सेयरधनी समूहको अनुपात ५१ः४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित गरेको छ ।उल्लिखित बोनससेयर वितरण प्रक्रिया पूरा गरेपश्चात् कम्पनीको चुक्ता पुँजी तीन अर्ब १४ करोड नौ लाख ६५ हजार छ सय दुई रूपैयाँ हुनेछ ।
साथै सभाले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक–आपसमा गाभ्ने, गाभिने सम्बन्धमा मर्जर समितिबाट भएका निर्णयहरूको अनुमोदन गर्दै मर्जर पूरा गर्नको लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।
कम्पनीले देशभरमा एक सय ५० भन्दा बढी स्थानहरूबाट छिटो छरितोरूपमा जीवन बीमा सेवा उपलब्ध गराउँँदै आएको छ । कम्पनीले हालसम्मको वित्तीय अवस्था, कम्पनीले जीवन बीमा क्षेत्रमा गरेको उपलब्धि र आगामी वर्षहरूमा सेयरधनीहरूलाई उचित प्रतिफल दिन कम्पनीको व्यवस्थापन लागि परिरहेको सम्बन्धमा समेत सेयरधनीहरूलाई जानकारी दिएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
तपाईको प्रतिक्रिया