युनाइटेड इन्स्योरेन्सको २९औँ वार्षिक साधारणसभा
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि.को २९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले बुधबार काठमाडौंमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभामा सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०७९ साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू पारित गरिएको कम्पनीले जानकारी दिएको छ । आर्थिक वर्ष २०७९/८० का लागि बाह्य लेखापरीक्षक श्री एमजी एस एन्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेको छ ।
कम्पनीको हाल कायम चुक्ता पुँजीको पाँच प्रतिशतले हुन आउने रकम पाँच करोड १४ लाख आठ हजार बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश शून्य दशमलव २६ प्रतिशतले हुनआउने रकम पनि तिवरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अनुपातबमोजिम सञ्चालक समितिको गठन गर्ने तथा सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र, नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय सर्वसहमतिले पारित गरिएको कम्पनीको भनाइ छ ।
कम्पनीको गत आव २०७७/७८ को तुलनामा यस आव २०७८/७९ मा बीमाशुल्क आर्जन ४२ प्रतिशतले वृद्धि भई एक अर्ब ५६ करोड ४५ लाख ८६ हजार गर्न सफल भएको छ । त्यसैगरी गत आव २०७७/७८ को तुलनामा आव २०७८/७९ मा कम्पनीको नाफामा ६८ प्रतिशतले वृद्धि भई १५ करोड ८३ लाख ६८ हजार भएको छ ।
साथै चालू आव २०७९/८० को आश्विन मसान्तसम्ममा कम्पनीको खुद नाफा गत आव २०७८/७९ को सोही अवधिको तुलनामा ९० प्रतिशतले वृद्धि भई दुई करोड २६ लाख ९२ हजार भएकोे छ भने चालू आव २०७९/८० को पुस ४ गतेसम्ममा कम्पनीले ५१ करोड ५९ लाख २९ हजार बीमाशुल्क आर्जन गर्न सफल भएको जानकारी दिएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
तपाईको प्रतिक्रिया