आईसीएफसी फाइनान्सको १९औँ वार्षिक साधारणसभा
काठमाडौ । आईसीएफसी फाइनान्स लिमिटेडको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । फाइनान्सले शुक्रबार काठमाडौंमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
उक्त साधारणसभाबाट आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत अर्थात् पाँच प्रतिशत नगद लाभांश र पाँच प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७९/८०को लागि बाह्य लेखापरीक्षकमा श्री एन. अमात्य एन्ड कं. चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरेको छ ।
चुक्ता पुँजी एक अर्ब १२ करोड ७१ लाख रुपैयाँ रहेको फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा तथा एउटा एक्सटेन्सन काउन्टर र २० वटा एटीएममार्फत एक लाखभन्दा बढी ग्राहकलाई सेवा दिनुका साथै १८ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ८८ करोड रुपैयाँ कर्जा प्रवाह गरिसेको जानकारी दिएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
तपाईको प्रतिक्रिया