काठमाडौं । नबिल बैंकको ३८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न साधरण सभाले सेयरधनीलाई ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
३८ वर्षदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले यसवर्ष पनि ‘क’ वर्गको बैंकहरूमध्ये उच्चतम लाभांश दिँदै नेपालको अग्रणी वाणिज्य बैंकको पहिचानलाई निरन्तरता दिन सफल भएको जानकारी दिएको छ । सभाले संस्थापक सेयरधनी समूहतर्फका तीन पदको लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलय मुखर्जी र एआरएम नजमुस शकिबलाई सञ्चालकमा निर्वाचित गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा बैंकले चार अर्ब २५ करोड ६० लाख रुपैयाँ मुनाफा हासिल गर्न सफल भएको छ । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयरपछि बैंकको चुक्ता पुँजी २७ अर्ब रुपैयाँ नाघेको छ ।
बैंकले नेपालको बैंकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिहरूलाई गतिशीलता प्रदान गर्न, रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न सफल भएको सभाका अध्यक्ष पौड्यालले बताए । उनले बैंकको संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेर काम गरेको बताउँदै आगामी दिनमा निरन्तरता दिने प्रतिबद्धता गरेका छन् ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सेयर बजारमा तीव्र उतारचढाव
- अपि पावरले पायो ४० प्रतिशत हकप्रद निष्काशन गर्न सहमति
- एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने
- रिलायन्स लाइफको पुनर्जागरण अभियान
- दुई हजार कर्मचारी कटौती गर्दै बोइङ
- पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह
- कृषिमा अब कहिल्यै त्यस्तो नहोस्
- धार्मिक पर्यटन प्रवर्द्धनमा देवघाटको महत्व
धेरैले पढेको
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया