बैंक ऋणमा पनि विभेद
४७ खर्ब ऋणमध्ये बागमती प्रदेशमा मात्र २६ खर्ब
काठमाडौं,नेपाल राष्ट्र बैंकले वित्तीय समावेशिता र वित्तीय पहुँचको जतिसुकै कुरा गरे पनि व्यवहारमा भने त्यस्तो हुन नसकेको देखिएको छ । नेपाल राष्ट्र बैंक स्वयंले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधिसम्बन्धी पछिल्लो अध्ययन प्रतिवेदनअनुसार वित्तीय क्षेत्रको स्रोत, साधन र पहुँचको प्रयोग सुगम क्षेत्रका जनताले मात्र बढी उपयोग गरेको देखिएको छ । यसले गर्दा पनि केन्द्रीय बैंंकको वित्तीय पहुँच र समावेशिताको नारा त्यसमै मात्र सीमित देखिएको हो ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकलाई आधार मान्ने हो भने नेपालको बैंकिङ क्षेत्र अर्थात् लघुवित्त वित्तीय संस्थाबाहेकका वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको कुल कर्जा रकम ४७ खर्ब रुपैयाँको हाराहारीमा छ । तर राष्ट्र बैंकको प्रादेशिक आर्थिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८÷०७९ मा कुल प्रवाहित कर्जामध्ये सबैभन्दा धेरै कर्जा बागमती प्रदेशमा मात्र गएको देखिएको छ । प्रतिवेदन अनुसार बागमती प्रदेशमा सात लाख ४७ हजार आठ सय ९९ ऋणीहरुलाई २६ खर्ब २१ अर्व १५ करोड २२ लाख रुपैंयाँ कर्जा प्रवाह भएको देखिएको छ । यस अवधिमा कर्णाली प्रदेशमा भने सबैभन्दा कम अर्थात् ५२ हजार नौ सय १४ जना ऋणीहरुलाई ५४ अर्ब ९२ करोड ९४ लाख रुपैयाँ कर्जा प्रवाह भएको देखिएको छ । लुम्बिनी प्रदेशमा भने तीन लाख १८ हजार पाँच सय ९७ ऋणीहरुलाई पाँच खर्ब ३८ अर्ब ७५ करोड ६४ लाख रुपैयाँ प्रवाह देखिएको छ ।
प्रतिवेदनअनुसार बंैक तथा वित्तीय संस्थाको शाखा संख्यामध्ये सबैभन्दा धेरै पनि बागमती प्रदेशमा छ । उक्त प्रदेशमा तीन हजार तीनवटा शाखा रहेकोमा कर्णाली प्रदेशमा भने सबैभन्दा कम अर्थात् चार सय ५५ वटा मात्र शाखा संख्या छ । लुम्बिनी प्रदेशमा दुई हजार दुई सय १२ वटा शाखा संख्या रहेको प्रतिवेदनमा उल्लेख छ । यसैगरी, कुल एटीएम संख्यामध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा दुई हजार एक सय ४७ र सबैभन्दा कम कर्णाली प्रदेशमा ८८ संख्या छ भने लुम्बिनी प्रदेशमा छ सय १३ वटा छ ।
राष्ट्र बैंकका अनुसार कुल संकलित निक्षेपको ठूलो हिस्सा पनि बागमती प्रदेशमा नै छ । बैंकिङ क्षेत्रमा ५१ खर्ब रुपैयाँको हाराहारीमा निक्षेप रहेको छ । सो रकममध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा एक करोड ६३ लाख ८३ हजार पाँच सय ३४ निक्षेपकर्ताहरुबाट ३५ खर्र्ब नौ अर्ब ९४ करोड १४ लाख रुपैयाँ निक्षेप संकलन भएको राष्ट्र बैंकले जानकारी दिएको छ । यस अवधिमा सबैभन्दा कम कर्णाली प्रदेशमा १६ लाख ८८ हजार नौ सय ६५ निक्षेपकर्ताहरुबाट ६० अर्ब ३२ करोड ७८ लाख संकलन भएको छ भने लुम्बिनी प्रदेशमा ७० लाख ३२ हजार पाँच सय ९५ निक्षेपकर्ताहरुबाट चार खर्ब २७ अर्ब २४ करोड ४४ लाख संकलन भएको प्रतिवेदनमा उल्लेख छ ।
कुल प्रवाहित कर्जामा निष्क्रिय कर्जाको अंश सबैभन्दा धेरै बागमती प्रदेशमा छ । राष्ट्र बैंकका अनुसार बागमती प्रदेशमा छ दशमलव ७५ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा तीन सय १६ प्रतिशत कर्जा निष्क्रिय छ । लुम्बिनी प्रदेशमा तीन दशमलव ६९ प्रतिशत कर्जा निष्क्रिय छ । यसैगरी कुल प्रवाहित विपन्न वर्ग कर्जा सबैभन्दा धेरै बागमती प्रदेशमा एक खर्ब ६० अर्ब ४९ करोड २९ लाख र सबैभन्दा कम कर्णाली प्रदेशमा चार अर्ब ८९ करोड प्रवाह भएको छ । राष्ट्र बैंकका अनुसार लुम्बिनी प्रदेशमा भने विपन्न वर्ग शीर्षकमा ४२ अर्ब ४३ करोड ३२ लाख प्रवाह भएको छ ।आर्थिक दैनिक
क्याटेगोरी : breaking, वित्त पूँजी बजार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया