Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंकद्वारा दृष्टीविहीन विद्यार्थीहरूलाई सहयोग

ग्लोबल आईएमई बैंकद्वारा दृष्टीविहीन विद्यार्थीहरूलाई सहयोग


काठमाडौं, फागुन २९
ग्लोबल आईएमई बैंकले विद्यार्थीहरूलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पर्वत जिल्लाको कुश्मास्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टीविहीन विद्यार्थीहरूलाई ट्र्याकसुट, रोटी मेकर र इलेक्ट्रिक आइरन हस्तान्तरण गरेको हो । संघीय सांसद पदम गिरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमका बीच उक्त सामग्रीहरू सांसद गिरी र ग्लोबल आईएमई बैंक कुश्मा शाखाका शाखाप्रमुख प्रकाश शर्माले संयुक्तरूपमा हस्तान्तरण गरेको जानकारी बैंकले दिएको छ ।

उक्त सामग्री हस्तान्तरण कार्यक्रममा कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्री, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्र पहाडी, विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चापागाईलगायत विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो । बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, सरसफाइ तथा विभिन्न सामाजिक क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरू गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया