Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारप्राइम बैंकको अध्यक्षमा श्रेष्ठ

प्राइम बैंकको अध्यक्षमा श्रेष्ठ


काठमाडौं,प्राइम कर्मसियल बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा राजेन्द्रदास श्रेष्ठ चयन भएका छन् । बैंकको १५औँ वार्षिक साधारणसभाबाट संस्थापक सेयरधनीहरूको तर्फबाट सञ्चालकको पदमा राजेन्द्रदास श्रेष्ठ, उदयमोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य तथा सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक पदमा प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित भएका थिए ।

साधारणसभा सम्पन्न भएलगत्तै शुत्रबार बसेको सञ्चालक समितिको चार सय ५९औँ बैठकले सञ्चालक राजेन्द्रदास श्रेष्ठलाई सर्वसम्वतरूपमा बैंक सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हो ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया