Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे बैंकको कामु प्रमुुख कार्यकारीमा कोइराला

माछापुच्छ्रे बैंकको कामु प्रमुुख कार्यकारीमा कोइराला


काठमाडौं, फागुन २९
माछापुुच्छ्रे बैंकको कायम मुुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष कोइरालाले पाएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माको सेवा अवधि यही चैत एक गतेबाट समाप्त हुने भएपछि बैंकको नायब प्रमुुख कार्यकारी अधिकृतको रूपमा रहेका कोइरालाले कामुु प्रमुख कार्यकारीको जिम्वेवारी पाएका हुुन् । बैंकका अनुसार सञ्चालक समितिको पछिल्लो पटक बसेको चार सय १५औं बैठकले गरेको निर्णयअनुसार कोइरालाले उक्त जिम्मेवारी पाएका हुुन् ।

बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ८२ करोड १८ लाख ५० हजार दुुई सय ५६ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ७८ करोड १३ लाख ७७ हजार छ सय ५१ रूपैयाँ रहेको थियो । चुुक्ता पुँजी आठ अर्ब ४५ करोड ८४ लाख ७७ हजार छ सय ५० रूपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ९७ अर्ब ५२ करोड ३९ लाख तीन हजार एक सय ३९ रूपैयाँ निक्षेप संकलन गरी ८७ अर्ब ५४ करोड ६६ लाख १८ हजार पाँच सय ७६ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ९८ करोड ६८ लाख ७५ हजार पाँच सय ४४ रूपैयाँ खुद व्याज आम्दानी गरेको बैकका शून्य दशमलव ४५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले ८५ अर्ब १९ करोड ८४ लाख दुुई हजार एक सय ४४ निक्षेप संकलन गरी ७५ अर्ब नौ करोड ५७ लाख ७३ हजार आठ सय १६ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ६९ करोड ६५ लाख ९८ हजार सात सय २९ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ४४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया