रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा एमडीआरटी–२०२३ अभिकर्ताहरूलाई सम्मान
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा एमडीआरटी –२०२३ को लागि योग्य २० अभिकर्ताहरूलाई भव्य कार्यक्रमबीच सम्मान गरेको छ । सो कार्यक्रम काठमाण्डूको गोकर्ण फरेस्ट रिसोर्टमा यही माघ २२ गते आयोजना गरिएको कम्पनीको भनाइ छ । कार्यक्रममा कम्पनीका सिनियर मेनेजमेन्ट, एमडीआरटी अभिकर्ताहरू, रिजनल मेनेजरका साथै ब्रान्च मेनेजरहरूको पनि सहभागिता थियो ।
कार्यक्रममा कम्पनीका सीईओ राकेश पोखरेलले भने, ‘एमडीआरटी अभिकर्ताहरूले आफ्नो व्यवसायमा प्रदर्शन गर्नुभएको अठोट र अथक परिश्रमले गर्दा नै निरन्तर प्रतिष्ठित एमडीआरटी ग्लोबल कन्फिरेन्समा सहभागिता जनाउन सफल भएको र सँगै कम्पनिको गरिमा पनि बढाएकोमा सहर्ष धन्यवाद व्यक्त गरेका थिए । उनले आगामी दिनमा कम्पनीले थप उत्कृष्ट प्रशिक्षण, आकर्षक स्किमलगायतका कार्यक्रमल्याई हौसला प्रदान गर्ने र त्यस्ता कार्यक्रमले थप एमडीआरटी अभिकर्ताहरू कम्पनीले जन्माउनेमा विश्वास व्यक्त गरे । साथै रिलायन्स लाइफ इन्स्योरेन्सले सबै पक्षमा उत्कृष्ट प्रदर्शन गरी निकट भबिष्यमा इन्स्योरेन्स क्षेत्रको बेन्चमार्क कम्पनि बन्नेमा प्रतिबद्धता व्यक्त गरे ।
साथै टीओटी, सीओटी तथा एमडीआरटी नमिता न्यौपानेले, भव्य सम्मान कार्यक्रमको लागि कृतज्ञता व्यक्त गरे । उनले कम्पनीको निरन्तर सहयोग तथा मार्गदर्शन प्राप्त भएको र आगामी दिनमा थप हौसला प्राप्त हुनेमा विश्वास व्यक्त गरिन् । उनले उत्कृष्ट व्यावसायिक नतिजाको लागि कम्पनि र अभिकर्ताको बीच निरन्तर सल्लाह र सुझाव आदान हुनुपर्नेमा जोड दिइन् । कार्यक्रममा कम्पनीका सिनियर मेनेजमेन्टद्वारा २० एमडीआरटीहरूलाई सम्मान गरिएको कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
तपाईको प्रतिक्रिया