एक वर्षमै माइ–पे वालेट पाँच लाखभन्दा बढी डाउनलोड : माइ–पेले एक सय रुपैयाँसम्म क्यासब्याक दिने
काठमाडौं । स्थापनाको पहिलो वर्षमै माइ–पे डिजिटल वालेटले प्लेस्टोरमा पाँच लाखभन्दा बढी डाउनलोड पु-याउन सफल भएको छ । सोही अवसरमा माइ–पे वालेटले यही माघ तीन र चार गते बेलुका ४ बजेदेखि राति १२ बजेसम्म पाँच प्रतिशत बढीमा एक सय रुपैयाँसम्म क्यासब्याक अफर दिने बताएको छ ।
स्थापना भई कार्य सञ्चालन गरेको पहिलो वर्षमै माइ–पे डिजिटल वालेटले यो सफलता हात पारेको हो । माइपेमा प्लेस्टोर, एप स्टोर र वेव साइट समेत गरी हालसम्म आठ लाखभन्दा बढी ग्राहक संख्या पुगिसकेका छन् । यो सफलताले निकै उत्साहित भएको माइ–पेका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार मेहताले बताए । ‘युवा ग्राहकहरूको पहिलो रोजाइको वालेट भएकाले नै यो सफलता हाता पारेका हौं’, उनले भने ।
डिजिटल कारोबारको परिभाषा नै परिवर्तन गर्ने लक्ष्यका साथ सेवा सञ्चालनमा ल्याएको यस वालेटमार्फत ग्राहकहरूले हवाई टिकट बुकिङ, मोबाइल टपअपसँगै विभिन्न घरायसी बिल भुक्तानी गर्न सकिने सुविधाहरू दिँदै आएको छ । जसमा हरेक कारोबारमा आकर्षक क्यासब्याक तथा अन्य सुविधाहरू रहेका छन् । साथै यस वालेटबाट कुनै पनि कारोबार गर्दा माइपे क्वाइन प्राप्त गर्न सकिन्छ जसको मूल्य एक क्वाइन बराबर एक रुपैयाँ नै हुन्छ । उक्त क्वाइन हरेक कारोबारमा प्रयोग गर्न सकिन्छ । यसका साथै कुनै पनि बैंक खातामा मात्र एक रुपैयाँमा रकम पठाउन सकिने सुविधा पनि रहेको छ ।
ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै अन्य विभिन्न सेवाहरू थप गर्दै लगिने कम्पनीले जनाएको छ । माइ–पे हालै मात्र फोन–पे नेटवर्कमा जोडिएको थियो ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सेयर बजारमा तीव्र उतारचढाव
- अपि पावरले पायो ४० प्रतिशत हकप्रद निष्काशन गर्न सहमति
- एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने
- रिलायन्स लाइफको पुनर्जागरण अभियान
- दुई हजार कर्मचारी कटौती गर्दै बोइङ
- पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह
- कृषिमा अब कहिल्यै त्यस्तो नहोस्
- धार्मिक पर्यटन प्रवर्द्धनमा देवघाटको महत्व
धेरैले पढेको
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जाडोभर बिजुली आपूर्तिमा समस्या
तपाईको प्रतिक्रिया