Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकको ५८औँ वार्षिकोत्सवको अवसरमा चार सय ३० जनाले गरे रक्तदान

राष्ट्रिय वाणिज्य बैंकको ५८औँ वार्षिकोत्सवको अवसरमा चार सय ३० जनाले गरे रक्तदान


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८औँ वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालयपरिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरूमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले विभागीय प्रमुखहरू गायत्री श्रेष्ठ र नारायण लामिछानेलाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको रक्तदान कार्यक्रममा बैंकको केन्द्रीय कार्यालय परिसरमा एक सय ४२ जनाले रक्तदान गरेका छन् ।

त्यस्तै बैंकको १ नम्बर प्रादेशिक कार्यालय, विराटनगरमा भएको रक्तदान कार्यक्रममा ६१ जना, मधेस प्रादेशिक कार्यालय, वीरगञ्जमा भएको रक्तदान कार्यक्रममा ४१ जना, गण्डकी प्रादेशिक कार्यालय, पोखरामा भएको रक्तदान कार्यक्रममा ७० जना, लुम्बिनी प्रादेशिक कार्यालय, नेपालगंजमा भएको रक्तदान कार्यक्रममा ४२ जना, कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतमा भएको रक्तदान कार्यक्रममा ४२ जना, सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीमा भएको रक्तदान कार्यक्रममा ३२ जना गरी कुल चार सय ३० जनाले रक्तदान गरेका छन् ।

संयोजक एवं उपकार्यककारी अधिकृत विनयरमण पौडेलको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरू देवेन्द्ररमण खनाल, सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरू पवन रेग्मी र दुर्गा कुमारी कँडेल, ट्रेड युनियनका अध्यक्षहरू, विभागीय प्रमुखहरू, शाखा प्रबन्धकहरूलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

बैंकको ५८औँ वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता, आँखा परीक्षण, स्वास्थ्य परीक्षण, प्रभातफेरी कार्यक्रम आयोजना भैरहको छ । आगामी माघ १० गते बैंक ५७ वर्ष पूरा गरी ५८औँ वर्षमा प्रवेश गर्दै छ । बैंकको हाल सात प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित दुई सय ६५ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, दुई सय ६८ वटा एटीएम र एक सय दुईवटा शाखारहित बैंकिङ रहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया