Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसीबीआईएल क्यापिटलको स्वतन्त्र सञ्चालकमा पाण्डे र मुल

सीबीआईएल क्यापिटलको स्वतन्त्र सञ्चालकमा पाण्डे र मुल


काठमाडौं । सीबीआईएल क्यापिटल लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा जोत्सना बोहोरा पाण्डे र अभिजित मुल नियुक्त भएका छन् । कम्पनीको यही पुस २४ गते बसेको एक सय पाँचौँ सञ्चालक समितिको बैठकले साबिकका स्वतन्त्र सञ्चालकहरू रीता सुवेदी र प्रज्वलजङ पाण्डेको पदावधि समाप्त भई रिक्त रहेको पदमा जोत्सना बोहोरा पाण्डे र अभिजित मुललाई नियुक्त गरेको हो ।

स्वतन्त्र सञ्चालक जोत्सना बोहोरा पाण्डेको विभिन्न बीमा कम्पनीहरूमा १८ वर्षभन्दा बढीको व्यवस्थापकीय तहको अनुभव रहेको छ भने स्वतन्त्र सञ्चालक अभिजित मुलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न क्षेत्रमा सात वर्षभन्दा बढीको अनुभव रहेको छ । संस्थाको मिति २०७९ पुस २६ गते बसेको १०६औँ सञ्चालक समितिको बैठकले नवनियुक्त स्वतन्त्र सञ्चालकहरूको स्वागत तथा साबिकका स्वतन्त्र सञ्चालकहरूलाई बिदाइको कायक्रम आयोजना गरेको छ ।

उक्त कार्यक्रममा सिटिजन्स बैंक इन्टरनेसनल लि.का तर्फबाट सञ्चालकहरू पारस कुमार काफ्ले, राजेन्द्र लाल श्रेष्ठ, प्रमेश राज कायस्थ, कर्मचारी सञ्चय कोषतर्फबाट सुवाष खड्का, नवनियुक्त स्वतन्त्र सञ्चालक जोत्सना बोहोरा पाण्डे र अभिजित मुल, साविकका स्वतन्त्र सञ्चालकहरू रीता सुवेदी र प्रज्वल जङ पाण्डेका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ तथा कम्पनी सचिव रमेश लुईटेलको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया