आईएमई लाइफ इन्स्योरेन्सका एक सीओटीसहित ३४ एमडीआरटी सम्मानित
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ताहरूमध्ये सन् २०२३ को लागि एक सीओटीसहित ३४ जना एमडीआरटी सम्मानित भएका छन् ।
कम्पनीले एक समारोहको आयोजना गरी उनीहरूलाई सम्मान गरेको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । उक्त अवसरमा यसपालि एमडीआरटीको रूपमा सम्मानित हुनेमा शारीरिकरूपमा विशेषरूपले सक्षम डडेलधुरा शाखाका नरेन्द्रसिंह भाटसमेत हुनुले काम गर्न दृढ संकल्प भएमा जे पनि गर्न सकिने उदाहरण समेत स्थापित भएकोमा गौरवान्वित महसुस गरेको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले बताए ।
कम्पनीको समयसापेक्ष बजार नीतिको कारणले गर्दा सम्पूर्ण अभिकर्ताहरू उत्प्रेरित हुनु भएकाले अहिलेको आर्थिकरूपले विषम परिस्थितिमा समेत उल्लेख्य संख्यामा बीमा अभिकर्ताहरूले एमडीआरटी उपलब्धि हासिल गरेको कुरा कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यले बताए ।
एमडीआरटी अर्थात् मिलियन डलर राउन्ड टेबल सन् १९२७ मा रजिष्टर भएको एमडीआरटी एक विदेशी संस्था हो । जहाँ ७२ देशका पाँच सय कम्पनी सामेल रहेका छन् । यसको प्रधान कार्यालय अमेरिकामा रहेको छ । यो संस्थामा बीमा क्षेत्र र फाइनान्सियल सेक्टरका मानिसहरू सहभागी हुन पाउँछन् । यस संस्थामा सदस्यता लिएको इन्स्योरेन्स कम्पनी र फाइनान्सियल संस्थामार्फत तोकेको समयमा टार्गेट पूरा गरेका अभिकर्ताहरूले सहभागी हुन पाउने व्यवस्था रहेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सेयर बजारमा तीव्र उतारचढाव
- अपि पावरले पायो ४० प्रतिशत हकप्रद निष्काशन गर्न सहमति
- एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने
- रिलायन्स लाइफको पुनर्जागरण अभियान
- दुई हजार कर्मचारी कटौती गर्दै बोइङ
- पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह
- कृषिमा अब कहिल्यै त्यस्तो नहोस्
- धार्मिक पर्यटन प्रवर्द्धनमा देवघाटको महत्व
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया