Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारदरम खोला हाइड्रो इनर्जीको साधारण सेयरको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

दरम खोला हाइड्रो इनर्जीको साधारण सेयरको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल


काठमाडौं । दरम खोला हाइड्रो इनर्जीले साधारण सेयर निष्काशन गर्ने भएको छ । सेयर निष्काशनको लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नियुक्तिसम्बन्धी सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र दरम खोला हाइड्रो इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर गरेका छन् ।

दरमा खोला हाइड्रो इनर्जी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने एक सय रुपैयाँ अंकित दरका ३९ करोड ५० लाख रुपैयाँबराबरको ३९ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन तथा बिक्रीप्रबन्ध गर्ने सम्बन्धमा उक्त सम्झौता भएको हो । दरम खोला हाइड्रो इनर्जीको बाग्लुङको गलकोट नगरपालिका वडा नंं. ११ मा ९ दशमलव ६ मेगावाट क्षमताकोे जलविद्युत् आयोजना निर्माणको ८० प्रतिशत निर्माणकार्य सम्पन्न भइसकेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया