बैंकहरूको सबैभन्दा बढी खराब कर्जा बागमती प्रदेशमा
बैंक तथा फाइनान्स कम्पनीहरुको लागि मुख्य कारोबार केन्द्र मानिएको बागमती प्रदेशमा बैंक तथा फाइनान्स कम्पनीहरुको सबैभन्दा बढी खराब कर्जा (एनपीएल) देखिएको छ ।
नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययन प्रतिवेदनअनुसार बागमती प्रदेशमा बैंक तथा फाइनान्स कम्पनीहरुले आर्थिक वर्ष २०७८÷०७९ मा तीन हजार तीनवटा आफ्ना शाखामार्फत एक करोड ६३ लाख ८३ हजार पाँच सय ३४ वटा निक्षेप खातामार्फत ३५ खर्ब नौ अर्ब ९४ करोड १४ लाख ४० हजार रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
सो अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुले सात लाख ४७ हजार आठ सय ९९ वटा कर्जा खातामार्फत कुल २६ खर्ब २१ अर्ब १५ करोड २२ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेको देखिएको छ । यसरी कर्जा प्रवाह हुँदा बागमती प्रदेशमा मात्र छ दशमलव ७५ प्रतिशत कर्जा खराब देखिएको छ ।
प्रतिवेदनअनुसार सबैभन्दा कम खराब कर्जा भने कर्णाली प्रदेशमा देखिएको छ । कर्णाली प्रदेशमा बैंक तथा फाइनान्स कम्पनीहरुले गत आवमा १६ लाख ८८ हजार नौ सय ६५ वटा निक्षेप खातामार्फत ६० अर्ब ३२ करोड ७८ लाख ६० हजार रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ५२ हजार नौ सय १४ वटा कर्जा खातामार्फत ५४ अर्ब ९२ करोड ९४ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सो अनुसार कर्णाली प्रदेशमा जम्मा तीन दशमलव १६ प्रतिशत कर्जा मात्र खराब देखिएको छ ।
यसैगरी सुदूरपश्चिम प्रदेशमा पनि बैंक तथा फाइनान्स कम्पनीहरुले ३० लाख २० हजार छ सय ६७ वटा निक्षेप खातामार्फत एक खर्ब १५ अर्ब ६५ करोड ५४ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरेका छन् । गत आवमा उक्त प्रदेशमा एक लाख सात हजार नौ सय ७२ जना ऋणीहरुलाई कुल एक खर्ब ४९ अर्ब ४६ करोड ४४ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह भएको छ । सोही आधारमा उक्त प्रदेशमा तीन दशमलव ५३ प्रतिशत कर्जा खराब देखिएको छ ।
बैंक तथा फाइनान्स कम्पनीहरुले लुम्बिनी प्रदेशबाट पनि गत आवमा ७० लाख ३२ हजार पाँच सय ९५ वटा निक्षेप खातामार्फत चार खर्ब २७ अर्ब २४ करोड ४४ लाख ४० हजार रुपैयाँ निक्षेप संकलन गरी तीन लाख १८ हजार पाँच सय ९७ वटा कर्जा खातामार्फत पाँच खर्ब ३८ अर्ब ७५ करोड ६४ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
उक्त परिमाणमा कर्जा प्रवाह हुँदा लुम्बिनी प्रदेशमा तीन दशमलव ६९ प्रतिशत कर्जा खराब देखिएको छ । प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा भने ५० लाख ४४ हजार छ सय ३४ वटा निक्षेप खातामार्फत तीन खर्ब ९८ अर्ब १२ करोड ८३ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन हुुँदा दुई लाख ५९ हजार दुई सय ६५ वटा कर्जा खातामार्फत तीन खर्ब ५३ अर्ब ७१ करोड २९ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह भएको छ ।
सोही आधारमा गण्डकी प्रदेशमा चार प्रतिशत कर्जा खराब देखिएको छ । मधेश प्रदेशमा भने ५४ लाख ६५ हजार छ सय ९५ वटा निक्षेप खातामार्फत दुई खर्ब ६१ अर्ब ८१ करोड ८२ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन हुुँदा दुई लाख २७ हजार दुई सयवटा कर्जा खातामार्फत चार खर्ब ३० अर्ब ९० करोड चार लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह भएको छ ।
राष्ट्र बैंकका अनुसार गत आवमा प्रदेश नं. १ मा भने बैंक तथा फाइनान्स कम्पनीहरुले ६० लाख ४२ हजार नौ सय ५१ वटा निक्षेप खातामार्फत तीन खर्ब ६६ अर्ब ६८ करोड ४९ लाख रुपैयाँ निक्ष्ोप संकलन गरेकोमा तीन लाख आठ हजार आठ सय ९७ वटा कर्जा खातामार्फत पाँच खर्ब ४३ अर्ब ९९ करोड ५६ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । उक्त परिमाणमा कर्जा प्रवाह हुँदा प्रदेश नं. १ मा तीन दशमलव ८९ प्रतिशत कर्जा खराब देखिएको प्रतिवेदनमा उल्लेख छ ।
क्याटेगोरी : breaking, वित्त पूँजी बजार
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया