Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारमायाखोला हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने

मायाखोला हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने


काठमाडौं । मायाखोला हाइड्रो पावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले यही माघ १३ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १९ करोड ९२ लाख रुपैयाँबराबरको १९ लाख ९२ हजार रुपैयाँबराबरको साधारण सेयरको बिक्री खुला गर्ने भएको छ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्रीकार्य छिटोमा यही माघ १७ गते र ढिलोमा यही माघ २७ गते बन्द हुनेछ । खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम एक लाख कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिनसक्ने छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया