Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारगुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको वार्षिक साधारणसभा

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको वार्षिक साधारणसभा


काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । फाइनान्सले यही माघ २७ गते आफ्नो २१औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

ललितपुरको गुहेश्वरी भवनमा हुने फाइनान्सको वार्षिक साधारणसभाले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट शून्य दशमलव ३४ प्रतिशतको अनुपातमा ३२ लाख ५१ हजार तीन सय ६८ रुपैयाँबराबरको नगद लाभांश र चुक्ता पुँजीको छ दशमलव ५० प्रतिशतको अनुपातमा छ करोड १७ लाख ७६ हजार रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । फाइनान्सको यही माघ दुई गते बसेको सञ्चालक समितिको दुई सय ४७औँ बैठकले वार्षिक साधारणसभासम्बन्धी निर्णय गरेको हो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया