आरएसडीसी लघुवित्तको नाफा सात करोड ९४ लाख
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा सात करोड ९४ लाख १४ हजार छ सय २२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा चार करोड ८९ लाख १९ हजार ४९ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुंँजी ८० करोड ५१ लाख ५५ हजार सात सय ४१ रुपैयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासिक अवधिमा छ अर्ब २८ करोड ३४ लाख ८३ हजार छ सय ६८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १४ करोड ७५ लाख ६३ हजार दुई सय १६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर दुई दशमलव १४ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले पाँच अर्ब १४ करोड ७८ लाख ४२ हजार नौ सय २९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौं करोड ४३ लाख ८३ हजार चार सय २६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव २८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव शून्य छ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया