Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारशिखर इन्स्योरेन्सको वार्षिक साधारणसभा

शिखर इन्स्योरेन्सको वार्षिक साधारणसभा


काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही माघ २५ गते आफ्नो १७औँ र १८ औँ वार्षिक साधारणसभाको आह्वान गरेको हो । वार्षिक साधारणसभामार्फत कम्पनीले आर्थिक वर्ष २०७७–०७८ र आव २०७८–०७९ को वित्तीय विवरण पारित गर्ने तयारी गरेको छ ।

यसबाहेक सभाले २०७९ असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीमध्येबाट शून्य दशमलव ८४ प्रतिशत अर्थात् एक करोड ९२ लाख ५१ हजार ९० रुपैयाँ बराबरको नगद लाभांश र २०७९ असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीमध्येबाट १६ प्रतिशतको दरमा ३६ करोड ५७ लाख ७२ हजार नौ सय ९२ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया