नेपाल वित्तीय संस्था कर्मचारी संघ, एक्सेल डेभलपमेन्ट बैंकको तेस्रो महाधिवेशन
काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ, एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकोे शनिबार बिर्तामोडमा तेस्रो महाधिवेशन सम्पन्न भएको छ । कार्यक्रममा संघका पदाधिकारीहरू सर्वसम्मत चयन भएका छन् ।
नयाँ कार्यसमितिमा अध्यक्ष गोपाल लोहनी चयन भएका छन् भने वरिष्ठ उपाध्यक्षमा भागवत ढुंगाना, उपाध्यक्षद्वय नवीन संग्रौला तथा यामनाथ पौड्याल, महासचिवमा राज शंकर झा चयन भएका छन् । त्यस्तै उपमहासचिव पदमा राजन ढकाल, कोषध्यक्षमा गजेन्द्र ढकाल तथा सदस्यहरू निशा ओली आचार्य, निरज ढुंगाना, चन्दना भण्डारी तथा तेजप्रकाश न्यौपाने चयन भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला समिति झापका अध्यक्ष यज्ञ प्रताप अधिकारी, विशिष्ठ अतिथि नेपाल वित्तीय संस्था कर्मचारी संघका प्रदेश १ का अध्यक्ष राम भट्टराई, विशिष्ठ अतिथि बैंकका प्रमुख कार्यकारी अधिकृत डा. इन्द्र कुमार कट्टेल, नेपाल वित्तीय संस्था कर्मचारी संघका जिल्ला अध्यक्ष भवानी प्रसाईं, नेपाल वित्तीय संस्था कर्मचारी संघका पूर्वकेन्द्रीय सदस्य होम कार्की, संघका संस्थापक अध्यक्ष मिन बहादुर कार्की, पूर्वअध्यक्ष गोपाल लोहनी, नेपाल वित्तीय संस्था कर्मचारी संघ, एनआईसी एसिया बैंकका पूर्व केन्द्रीय उपाध्यक्ष राम पौडेललगायतको उपस्थिति रहेको थियो भने बैंकका उच्च पदस्थ अधिकारीहरूको पनि सहभागिता रहेको थियो ।
विसं २०६८ मा स्थापित संघले विगत ११ वर्षदेखि बैंकको सुदृढीकरण तथा कर्मचारी हकहितका लागि काम गरिरहेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सेयर बजारमा तीव्र उतारचढाव
- अपि पावरले पायो ४० प्रतिशत हकप्रद निष्काशन गर्न सहमति
- एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने
- रिलायन्स लाइफको पुनर्जागरण अभियान
- दुई हजार कर्मचारी कटौती गर्दै बोइङ
- पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह
- कृषिमा अब कहिल्यै त्यस्तो नहोस्
- धार्मिक पर्यटन प्रवर्द्धनमा देवघाटको महत्व
धेरैले पढेको
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया