Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२१ सय ६५ बिन्दुमा खुम्चियो सेयर बजार

२१ सय ६५ बिन्दुमा खुम्चियो सेयर बजार


काठमाडौं । सेयरबजार परिसुचक ओरालो लागेको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसुचक १३ दशमलव ७१ अंकले ओरालो लागेर २१ सय ६५ दशमलव १० बिन्दुमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव शुन्य पाँच अंकले ओरालो लागेर चार सय १३ दशमलव शुन्य एक अंकमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ५७ वटा कम्पनीहको सेयर खरिद बिक्री भएका छन् । जसबाट ६५ हजार एक सय ९४ पटकको कारोबारमा एक करोड सात लाख ५९ हजार पाँच सय ७९ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम तीन अर्ब ८६ करोड ४० लाख आठ हजार नौं सय ७३ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये दुई वटा उपसमुहहरुको सुचक उकालो लागेर बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया