Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारकृषि विकास बैंकको नाफा १२ करोड ८९ लाख रूपैयाँले ऋणात्मक

कृषि विकास बैंकको नाफा १२ करोड ८९ लाख रूपैयाँले ऋणात्मक


काठमाडौं । कृषि विकास बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १२ करोड ८९ लाख ३३ हजार पाँच सय ७४ रूपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक अर्ब ४२ करोड २५ लाख १२ हजार पाँच सय ८२ रूपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १८ अर्ब ६२ करोड छ लाख २७ हजार सात सय ६३ रूपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासमा एक खर्ब ७२ अर्ब ८४ करोड ७९ लाख ८० हजार ९१ रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब ७५ अर्ब ८५ करोड ७५ लाख ९४ हजार दुई सय चार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब ७२ करोड ९२ लाख ४७ हजार एक सय ७४ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव ५२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भन दुई अर्ब ६१ करोड छ लाख २८ हजार छ सय ८१ रूपैयाँ रहेको बैंकको स्प्रेडदर भने तीन दशमलव ७४ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी भने चार रूपैयाँ ४३ पैसाले ऋणात्मक रहेको थियो ।

गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ६६ अर्ब ५९ करोड दुई लाख ६६ हजार दुई सय १६ रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब ७३ अर्ब ३१ करोड ४९ लाख ७२ हजार तीन सय ८१ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ७४ करोड २७ लाख ८० हजार एक सय ३२ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव शून्य आठ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ३८ प्रतिशत रहेको थियो । 


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया