हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
काठमाडौं । हिमालयन बैंक लिमिटेडले थप दुईवटा भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा–सुविधा विस्तार गर्ने क्रममा बागमती प्रदेशको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा बुधबारदेखि थप दुई बिल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको हो ।
बैंकले कान्ति बाल अस्पतालको आकस्मिक वार्ड र बाल मनोरोग वार्डमा आउने बिरामीहरू र बिरामीहरूका परिवारजनलाई लक्षित गरी सो काउन्टरहरू स्थापना गरेको हो । उक्त भुक्तानी काउन्टरहरूले सार्वजनिक बिदाबाहेक अन्य दिनहरूमा बिहान ९ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म ग्राहकवर्गहरूलाई सेवा प्रदान गर्नेछन् ।
बैंकले हाल देशभरि रहेका ७४ शाखा, छवटा विस्तारित काउन्टर एक सय ६० एटीएम र छ हजारभन्दा बढी पस टर्मिनलबाट आफ्ना ग्राहकवर्गहरूलाई सेवा प्रदान गर्दै आएकोे छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- कृषि ज्ञान केन्द्र कालिकोटका तत्कालीन निमित्त प्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- सबै मिलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिऔँ : नेता यादव
- हामीलाई असफल हुने छुट छैन : उपसभापति अर्याल
- बजार परिसुचक १९ सय ४९ बिन्दुमा
- विश्वासको मत दिन सक्दैनौँः अध्यक्ष लिङ्देन
- सधैँ राजनीतिक स्थिरता र समृद्धिका पक्षमा छौँ : सभापति देउवा
- एमालेलाई एक्ल्याउने र किनारा लगाउने काम भएको छ– उपाध्यक्ष पौडेल
- ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नु गलत थियो ?
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
तपाईको प्रतिक्रिया