सिटिजन लाइफको प्रिमियम मूल्यको सर्वसाधारण सेयर
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आइतबार छायादेवी कम्प्लेक्समा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले अध्यक्षको मन्तव्यसहित सञ्चालक समितिकोे आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनउपर छलफल गरी प्रस्ताव पारित गरेको छ । साथै लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब, आय, व्यय हिसाब, इक्युटीमा भएको परिवर्तनसम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरूसहितको वित्तीय विवरण छलफल गरी पारित गरेको छ ।
सभाले कम्पनी ऐन, २०६३ को दफा ११३ बमोजिम कम्पनी रजिस्टारको कार्यालयबाट आर्थिक वर्ष २०७८/०७९ को लागि कम्पनीको लेखापरीक्षकमा जोशी एन्ड भण्डारी, चार्टर्ड एकाउन्टेन्ट्स (वर्तमान लेखापरीक्षक)लाई गरिएको नियुक्ति अनुमोदन गरेको छ । सभाले प्रिमियम मूल्यमा सर्वसाधारण सेयर सार्वजनिक निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । सभाले कम्पनीको सञ्चालकमा नियुक्त भएका दाबा फूटी शेर्पा र अभिनव जबराको नियुक्ति अनुमोदन गरेको छ । साथै स्वतन्त्र सञ्चालक श्रीमान् कार्कीको नियुक्ति अनुमोदन गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- मिथिलामा वासन्ती छठ पर्व सुरु
- साल्ट ट्रेडिङले १५ प्रतिशत लाभांस वितरण गर्ने
- साझेदार दलको दबावले अन्योलमा मन्त्रिपरिषद् विस्तार, पूर्णता कहिले?
- वर्षाको सम्भावना
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया