शुभम पावरले साधारण सेयर जारी गर्ने
काठमाडौं । शुभम पावर कम्पनी लिमिटेडले पाँच करोड ८० लाख ५८ हजार रुपैयाँबराबरको साधारण सेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही माघ १८ गतेबाट सर्वसाधारण सेयरधनीहरूको लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी पाँच लाख ८० हजार पाँच सय ८० कित्ता साधारण सेयरको बिक्री खुला गर्न लागेको हो ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा यही माघ २२ गते र ढिलोमा फागुन तीन गने बन्द हुनेछ । बिक्री गरिने कुल सेयरमध्येमा १० प्रतिशत अर्थात् ५८ हजार ५८ कित्ता वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपालीहरूको लागि, पाँच प्रतिशत अर्थात् २९ हजार ३० कित्ता समूहिक लगानी कोषको लागि, दुई प्रतिशत अर्थात् ११ हजार छ सय १० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि र बाँकी रहेको चार लाख ८१ हजार आठ सय ८२ कित्ता साधारणको लागि बिक्री गरिनेछ । लगानीकर्ताहरूले न्यूनतम १० देखि अधिकतम पाँच हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिनसक्ने कम्पनीले जानकार दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- मिथिलामा वासन्ती छठ पर्व सुरु
- साल्ट ट्रेडिङले १५ प्रतिशत लाभांस वितरण गर्ने
- साझेदार दलको दबावले अन्योलमा मन्त्रिपरिषद् विस्तार, पूर्णता कहिले?
- वर्षाको सम्भावना
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया