महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू सम्पन्न भएको जानकारी बैंकले दिएको छ । बैंकको हेटौंडा शाखाले मानव सेवा आश्रमलाई भवन निर्माणार्थ अक्षेरुपी २० हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । साहाराविहीन, अशक्त, असाहाय, शारीरिक तथा मानसिकरूपमा कमजोर आदिका लागि खाना कपडा र बस्ने व्यवस्था गरी साहारा प्रदान गर्दै आएको मानव सेवा आश्रमलाई भवन निर्माणमा सहयोग पु-याउने उद्देश्यले बैंकले उक्त आर्थिक सहयोग प्रदान गरेको हो ।
त्यस्तैगरी बैंकको सुकेधारा शाखाले मैजुहिटी वडा नं ७ काठमाडौंमा अवस्थित टोखा ज्येष्ठ नागरिक समाजलाई टेबुल हस्तान्तरण गरेको छ । नगरपलिकाका वडा नं १ देखि ११ सम्मका ज्येष्ठ नागरिकलाई पर्नसक्ने कठिन कार्यमा सहयोग पु-याउनका लागि स्थापित यस समाजमा कार्यालय प्रयोजनार्थ बैंकले टेबुल प्रदान गरेको हो । उल्लिखित कार्यक्रमसँगै बैंकको चन्द्रौटा शाखाले शिवराज नगरपालिका वडा नं ५ मा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा नर्सरीदेखि कक्षा तीनसम्म अध्ययनरत एक सय ८६ जना विद्यार्थीहरूलाई स्वीटर हस्तान्तरण गरेको छ । विद्यालय अवस्थित क्षेत्रमा अत्याधिक चिसो बढेकोले विद्यार्थीहरूको स्वास्थ्य र अध्ययनमा पर्नसक्ने प्रभावलाई ध्यानमा राखेर बैंकले स्वीटर प्रदान गरेको हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- साझेदार दलको दबावले अन्योलमा मन्त्रिपरिषद् विस्तार, पूर्णता कहिले?
- वर्षाको सम्भावना
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
- प्रहरी महानिरीक्षक(एआइजी)मा वसन्तबहादुर कुँबर नियुक्त
- रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया